शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो

आइतबार, १० साउन २०७८, १६ : ३१
आइतबार, १० साउन २०७८

भारतमा भारी मनसुन वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरु जुटिरहेको बताइएको छ । 

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।  महाराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ । 

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ । चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको वर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षापछिको डुबानका कारण बिद्युत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो ।

उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्युत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप