अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबान समूहको प्रस्ताव

person explore access_timeसाउन १०, २०७८ chat_bubble_outline0

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । 
अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाव क्षेत्र र ग्रामीण इलाकामा चलाउँदै आएको तालिवान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनुपर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नुपर्ने तालिबानले माग गरेको छ ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा तालिवानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पारेका हुन् । तालिवानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका शाहीनले एपीसँग भने, “वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकारको वातावरण बनेको र अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने छ ।

तालिबानको स्पष्ट धारणा के हो भने हामी सत्तामा एकाधिकार चाहँदनौं किनकि विगतमा जतिपनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल बने ।” तालिबान असफल बन्न चाहन्न । सरकार र विपक्षीको मिलनबिन्दु नयाँ समीकरणसहितको संयुक्त सरकार हुनसक्ने उनले बताए । 

विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भएको स्वीकार्दै फेरि पनि त्यहि फर्मुला दोहोर्याउन नचाहेको शाहीले बताए । राष्ट्रपति अशरफ घानीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने तालिबानको धारणा रहेको छ ।  मङ्गलबार बकरीदको अवसरमा राष्ट्रपति घानीले आफ्नो भाषणको क्रममा तालिबानमाथि देशब्यापी आक्रमण गर्ने बताएका थिए । प्रतिउत्तरमा तालिबानले घानीलाई ‘युद्धका व्यापारी’ को संज्ञा दिएको थियो ।

तालिबान नेता शाहिनले घानीले सन् २०१९ को निर्वाचनमा धाँधली गरी सत्तामा पुगेको दावी गर्दै जनमत अर्कैतिर रहेको दावी गरे । देशमा शासन गर्ने अधिकार घानीले गुमाइसकेको उनको तर्क थियो ।  तत्कालिन निर्वाचनमा घानी र उनका प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाह दुबैले जितको दाबी गरेका थिए । पछि सत्ता समीकरण बन्दा दुईबीच सम्झौता भएको थियो । सम्झौताअनुसार अब्दुल्लाहलाई सरकारमा दोस्रो नम्बरको स्थान दिइयो र वार्ता समितिको प्रमुख बनाइएको थियो ।

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूहहरु फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेको छ। हालै अमेरिकी सैनिकका उच्च अधिकारी जनरल मार्क मिलीले रक्षा मन्त्रालय पेन्टागनमा भएको पत्रकार सम्मेलनमा तालिबानले रणनीतिक बिस्तार हाँसिल गरेको बताएका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।