निजी स्कुल सञ्चालक बने देउवा सरकारको स्वास्थ्य राज्यमन्त्री

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेर जिम्मेवारी प्रदान गरेकी हुन् ।
श्रेष्ठ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुन् भने करिब ३९ वर्षदेखि उनी शिक्षा क्षेत्रमा क्रियाशिल रहेका छन् । राजधानीको चर्चित स्कुल लिटिल एन्जल्सको सञ्चालक समेत रहेका उनको कृषि, जलविद्युतलगायतका क्षेत्रमा पनि उत्तिकै लगानी रहेको छ ।
निजी विद्यायलहरूको संस्था प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको साझा सङ्गठन हिसानका संस्थापक अध्यक्ष रहेका उनलाई काँग्रेसले २०७४ को प्रतिनिधिसभामा समानुपातिक सदस्य बनाएको हो । यसअघि ०७० को दोस्रो संविधान सभामा २६ मनोनित सभासद् मध्येमा श्रेष्ठ पनि परेका थिए ।
२०७४ मा प्रतिनिधिसभा सदस्य बनेपछि उनले रातोपाटीलाई अन्तरवार्ता दिँदै अब आफ्नो काम शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि काम गर्ने बताएका थिए । तर, तिनै श्रेष्ठ कोरोनाको प्रतिकुल परिस्थितिमा स्वास्थ्य मन्त्री बनेका छन् । जुन मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । ‘तीन तहको चुनावपछि समृद्धिको आशा अप्रत्यासित बढेको छ । यसै समयमा भाग्यवस समानुपातिक सांसद हुने अवसर पाएको छु । अब पनि मेरो काम शिक्षाको आमूल परिवर्तनका लागि हुनेछ’, त्यतिबेला श्रेष्ठले रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भनेका थिए ।
श्रेष्ठ संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन