सङ्क्रमण बढेपछि इलाममा निषेधाज्ञामा कडाइ

इलाम जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि त्यहाँ जारी निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । प्रमुख बजार तथा घनावस्तीहरुमा कोभिड–१९ को सङ्क्रमण बढेको पाइएकोले त्यसलाई नियन्त्रण गर्न स्थानीय तहहरूको निर्णय र अनुरोधअनुसार निषेधाज्ञामा कडाइ गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार साउन १५ गतेसम्म थप गरिएको निषेधाज्ञामा जिल्लाका प्रमुख बजार र घनावस्तीहरुका तरकारी, खाद्यान्न र फलफूल पसलबाहेकका पसलहरू पूर्णरुपमा बन्द रहनेछन् । तरकारी, खाद्यान्न र फलफूल पसलहरू बिहान ११ बजेसम्म मात्र खुल्ला रहनेछन् ।
विभिन्न परीक्षाका परीक्षार्थीहरुले आफ्नो निवासबाट सोझै परीक्षा केन्द्रमा र परीक्षा केन्द्रबाट सोझै आफ्नो निवासमा आउन पाउनेछन् । अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा बाटोमा हिँडडुल गर्न निषेध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
-
तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ, नदिए भन्सारमा बुझाउँछ
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?