आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अब फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने

आइतबार, १० साउन २०७८, १५ : ५४
आइतबार, १० साउन २०७८

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने भएको छ । फुडमाण्डु र मोबाइल वालेट इसेवा बीच छुटबारे सहकार्य भएको छ । समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताहरुले इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । एक कार्यक्रमका बीच फुडमाण्डु र इसेवा बीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो । 

सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा मिल्नेछ भने फुडमाण्डुका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्डुमा हुने अर्डरहरू मध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूचि बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए ।

उनले भने ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ । यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ ।’ इसेवाको बृहत नेटवर्कमा भएकाग्राहकहरुले सजिलै फुडमाण्डुबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, मालीले भने । 

इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए । उहाँले भने ‘कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशी भएका छौं । यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ ।’

इसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डुले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा ३०० सम्मको छुट दिने घोषणा गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप