ओली सरकारले कू-कृत्य गरेको भन्दै संसदीय समितिमा निन्दा गर्न सांसद किराँतीको प्रस्ताव

माओवादी केन्द्रका सांसद सुदन किराँतीले यसअघिको केपी ओली नेतृत्वको सरकारको निन्दा र भत्सर्ना गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार संसद सचिवालयमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिचेको, दुई–दुई पटक प्रतिनिधिसभा भंग गर्ने कू कृत्य गरेको भन्दै निन्दा गर्ने प्रस्ताव पास गर्नुपर्ने उल्लेख गरे ।
उनले आगामी दिनमा आउने सरकारले त्यस किसिमका काम गर्न रोक्नका लागि भएपनि अघिल्लो सरकारले गरेका कामहरुको निन्दा र भत्सर्ना गर्ने प्रस्ताव समितिबाट पास गर्न समिति सभापति पवित्रा निरौला खरेललाई आग्रह गरे । उनले भने– ‘राष्ट्रपति र प्रधानमन्त्रीले दुईपटक भंग भएको संसद पुनःस्थापनाका लागि सहयोग गर्ने विभिन्न पक्ष र सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु । अघिल्लो सरकारले संविधानको दायरा मिच्ने जुन काम गरेको छ यो समितिले त्यसको निन्दा र भत्सर्ना गर्नुपर्छ ।’
उनले सो समितिमा रहेका सांसदहरु जो ओली नेतृत्वको सरकारमा सहभागी भएका छन्, तिनीहरुलाई फेरि अहिलेको समितिमा नराख्न समेत प्रस्ताव गरे । सांसद किराँतीको सो प्रस्तावलाई काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले समर्थन गरे । राजभण्डारीले पनि समितिमा रहेको ब्यक्ति मन्त्री भएपछि सभामुखले कार्यविभाजनको निर्णय नगरेसम्म समितिको सदस्य हुन नपाउने व्यवस्था रहेकोप्रति सभापति निरौलाको ध्यानाकर्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती ऐन माग्दै गण्डकीका कर्मचारीले बुझाए ज्ञापनपत्र
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनकै बिच शिक्षामन्त्रीको राजीनामा, दुर्गा प्रसाईंका पक्षमा अन्तरिम आदेश
-
नेपाल मगर विद्यार्थी संघको १२ औं महाधिवेशन भाडियो
-
टन्न खाएपछि पैसा नतिर्ने नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा
-
तीनकुने घटना : एसपी र अपरेसन कमान्डरबिच ‘समन्वय अभाव’
-
शिक्षामन्त्रीबाट राजीनामा दिएकै दिन विद्या भट्टराईले छाडिन् क्वार्टर