शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘डाँडाको बर पीपल’ फ्लोरमा लाँदै शोभित

आइतबार, १० साउन २०७८, १४ : १९
आइतबार, १० साउन २०७८

निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको बर पीपल’ को छायाँकन सुरु गर्ने भएका छन् । कोरोनाको दोस्रो भेरियन्टका कारण सरकारले लगाएको निषेधाज्ञाले छायाँकन रोकिएको यो फिल्म बस्नेतले फेरि सुरु गर्न लागेका हुन् । १ भदौबाट फिल्मको छायाँकन सुरु हुने शोभितले बताए ।

‘गीतको छायाँकन सकाएर दृश्यको छायाँकनतर्फ हामी युनिट लाग्दै थियौ । कोरोनाको कहरले छायाँकन रोकियो’ बस्नेतले भने– ‘अब फेरि सुटिङ सुरु गर्दैछु ।’ शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा र राजिवजंग बस्नेत लगायतको मुख्य भूमिका रहेन यो फिल्ममा २० वर्षपछि शिव श्रेष्ठ र गौरी मल्ल एकसाथ देखिँदैछन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य रहनेछ । फिल्म प्रदर्शनको माहोल बन्ने बित्तिकै फिल्म रिलिज गर्ने उदेश्य सहित शोभितले फिल्म सकाउन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप