कविता : बूढो रुख

person explore access_timeसाउन १०, २०७८ chat_bubble_outline0

त्यो पचहत्तर वर्षअघि

एक सय चार वर्षदेखि उम्रिएको

सिस्नोको झ्याङलाई

मस्न रोपिएको त्यो रुख !

आज हेर,

जनतालाई शीतल दिँदादिँदै बढ्यो

र अहिले कुप्रो भएछ ।

 

केही थिएन त्यो खेतको मालीसँग

तर सुनौलो सपना थियो

त्यसैले छिमेकीकै बीचबाट ल्याएर भए पनि

अत्यचारी सिस्नोको पत्ता साफ नै बनायो

तर, आज हेर, 

बूढो रुखबाट बनेको बन्चरोले

त्यही रुख टक टक टक काट्न खोज्दै छ

 

न पात, न हाँगा, न त जरै पलाएको

त्यो सिस्नो मास्ने रुखलाई

बाँसको झ्याङले

चौध वर्ष नपुग्दै छोपिदिए छ

तर, सपना बोकेको रुखलाई

बाँसको झ्याङले कहाँ छेक्न सक्थ्यो र

तर, आज हेर

त्यो सिस्नो र बाँस मास्ने रुखलाई

आफ्नैले जरा लुस्दौ गलाहुँदै छन्

 

कति मलिलो रहेछ त्यो रुख रोप्ने हात

कठोर सिस्नो र बाँस झ्याङ बीच पनि जागी राख्यो

कैयौँ बाढी, पहिरो, हावा हुरीमा पनि

आफ्नो जरा

हाँगा समेतले समाति राख्यो

तर आज हेर

त्यो बूढो रुखलाई बनमाराको लहराले

छोप्दा पनि सबै चुप छन्

 

सिस्नो मासी रुख त उम्रियो

उम्रियो एक विशाल रूपमा

दियो  अनेकौँ पटक शीतल र छहारी

त्यस अत्याचारी र सामन्तीको तपमा

तर, आज हेर

त्यही बढो रुखको शीर काटी

आफ्नो घर बढाउँदै छन्

हरियो पात जलाई रुखमा

कालो पात सफा हुँदै छन्

कालो धन कम हुँदैछन्

कम हुँदै छन् ।

जय नेपाल ! जय रुख !

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।