शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्यस्ताको पछि लागेर आफ्नो भविष्य किन सखाप पार्ने, साथीहरू फर्किनुस् : ओली

'प्रतिगमन गम्भीर अवस्थामा पुगिसक्यो'
आइतबार, १० साउन २०७८, १४ : ०४
आइतबार, १० साउन २०७८

एमाले अध्यक्ष केपी ओलीले प्रतिगमन गम्भीर अवस्थामा पुगिसकेको दाबी गरेका छन् । उनले पार्टीविरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन सबै कार्यकर्ताहरूसँग आग्रह गरेका छन् ।

माधवकुमार नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन ओलीले आग्रह गरेका हुन् । ‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन । त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने,  पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने ।

उनले आफ्ना स्वार्थका कारण प्रतिक्रियावादीको षडयन्त्रको अङ्ग बनेर सरकार ढाल्नेहरूले गरेका हरेक गतिविधि छर्लङ्गै देखिएको बताए ।

‘आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । आफ्ना सांसदहरूलाई प्रलोभनमा पारेर मतदानबाहिर लगेको देखेका छौँ । उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ । त्यस्ताको पछि लागेर आन्दोलन र आफ्नो भविष्य किन सखाप पार्ने । साथीहरू फर्किनुस् । पार्टीले क्षमा गर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप