बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन थालियो
जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढी पहिरोको कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत् समेतबाट समेत सम्बन्ध टुटेको छ । सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गरेका छन् । उनकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नयाँ ट्र्याक खोल्न सेनाको प्राविधिक टोलीले अध्ययन थालेको जानकारी दिए । बेँसीशहर–चामे सडकखण्डको प्रायःजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सो टोलीले यस्ता स्थानमा सडक निर्माण गर्न मिल्ने, नमिल्ने विषयमा अध्ययन गर्ने नेपाली काँग्रेसका सभापति टेकबहादुर गुरुङले जानकारी दिए । । “मनाङवासीको सहज र सुरक्षित यातायातका लागि सडक सञ्जालसँग छिटो जोडिनुपर्छ ।” उनले भने ।
पूर्वमन्त्री गुरुङ,सेनाका टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङ लगायतले अध्ययन थालेका हुन् । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि प्राविधिक टोलीले सो सडक खण्डको नयाँ ट्र्याक खोल्ने प्रक्रियामा अगाडि बढ्नेछ । प्राविधिक टोली अध्ययन तथा अनुसन्धानका लागि पुगेपछि जिल्लावासी हर्षित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधीको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधीको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो