एन्फाका वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउँदै नेपालका फुटबल प्रशिक्षकद्वारा राजीनामा
आइतबार, १० साउन २०७८, १३ : १५
नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले बताएका छन् । ‘प्रिय नेपाली समर्थकहरू ... म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न गइरहेको छु । पछिल्ला तीन साता हरेक दिन उनले मसँग नाटक गरे । मलाई आशा छ, अब तपाई, पङ्कज नेम्वाङले खुसी महसुस गर्नु हुनेछ ।’

४ अप्रिल २०२१ मा कुवेती नागरिक अल्मुताइरीले नेपाली फुटबल टिमको बागडोर सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले एसिया कप छनोटको तेस्रो स्थानमा स्थान बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण