बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तमिल अभिनेत्री यशिका घाइते

आइतबार, १० साउन २०७८, १३ : ०५
आइतबार, १० साउन २०७८

अभिनेत्री यशिका आनन्द सवारी दुर्घटनामा घाइते भएकी छन् । मिडिया रिपोर्टका अनुसार यशिका महाबलीपुरमबाट चेन्नई फर्किदै थिइन् । सोही क्रममा उनी चढेको सवारी दुर्घटना भएको छ । दुर्घटनामा यशिकाको एक साथीको मृत्यु भएको छ । यशिका समेत तीन जना गम्भिर घाइते भएका छन् । घाइते सबैलाई नजदीकी अस्पतालमा भर्ना गरिएको छ ।

तिब्र गतिका कारण उनीहरु चढेको कारको सन्तुलन बिग्रिएर डिभाइजरमा टोकिन पुगेको थियो । सवारीमा रहेका सबै मानिस रक्सीको नसामा रहेको पुलिसले बताएको छ । उक्त घटनाका मृत यशिकाको एक साथीको शव पुलिसले पोस्टमार्टमका लागि चन्गलपेट अस्पताल पठाएको छ । यो बिषयमा पुलिसको अनुसन्धान जारी रहेको छ ।

यशिका तमिल र तेलुगूको चर्चित अभिनेत्री हुन् । इस्टाग्राममा लोकप्रियता हासिल गरेपछि उनी फिल्म अभिनयमा छिरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप