संसदीय समितिमा माधव नेपालले भने– पुनर्जीवित भएर आएका छौँ, प्रभावकारी ढङ्गले काम गरौँ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे ।
उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुनःस्थापना नभएको भए हामी कारोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानुपर्नेछ।’
नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले पूर्णता पाइनसकेको बताउँदै उनले सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरू कार्यान्वयन भएको छ कि छैन त्यसबारे क्रियाशील हुनुपर्ने बताए ।
उनले यसबारे संबन्धित मन्त्रीलाई भन्नुपर्ने, कर्मचारीतन्त्रलाई पनि सम्झाउनुपर्ने बताए । उनले आवश्यकता अनुसार नेपालको परराष्ट्र नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । साथै समितिको बैठकलाई प्रभावकारी बनाउन नियमित रूपमा बैठक सञ्चालन गर्न, विषय विज्ञसँग छलफल गर्न र बैठकमा नियमित रूपमा सहभागी हुन सांसदहरूलाई आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
