बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनाका लागि डिपेले गरे डेब्यु गोल

आइतबार, १० साउन २०७८, १२ : ५४
आइतबार, १० साउन २०७८

मेम्फिस डिपेले बार्सिलोनाका लागि डेब्यु खेलमै गोल गरेका छन् । जिराेनाविरुद्धको मैत्रिपूर्ण खेलमा बार्सिलोना ३–१ ले विजयी भयो । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका डिपेले पेनाल्टीमार्फत गोल गरेका हुन् । 
यस खेलमा तीनवटा पेनाल्टी दिइएको थियो । जेरार्ड पिकेले खेलको २१ औं मिनेटमा बार्सिलोनालाई पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रे मानाजले बार्सालाई २–० को अग्रता दिलाए । 

४२ औं मिनेटमा  सामु साइजले पेनाल्टीमार्फत जिराेनाबाट गोल फर्काएपछि खेल २–१ को स्थितीमा आयो । दोस्रो हाफमा  बराबरीका लागि ठूलो प्रयास गरेपनि जिराेनाको केही लागेन । र, ८५ औं मिनेटमा डिपेले पेनाल्टीमार्फत गोल गर्दा बार्सिलोनाको जीत पक्का भयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप