यातायात व्यवसायीको प्रदर्शन : सवारी साधनको साँचो प्रधानमन्त्रीलाई (फोटोफिचर)
आइतबार, १० साउन २०७८, १२ : ४३
विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै व्यवसायीहरुले भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि अघि सारेका छन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण