बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने

आइतबार, १० साउन २०७८, १७ : ००
आइतबार, १० साउन २०७८

काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस (कोभिड—१९) बिरुद्धको खोप लगाउँन पाउने भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब www.vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा गएको खण्डमा मात्रै खोप लगाउन पाइने छ । 

५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी खोप लगाउँन खोप केन्द्रमा पुग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अनुरोध गरेको छ । जनस्वास्थ्य कार्यालयले सबै पालिका र वडाका नागरिकलाई यस बारे जानकारी गराउन आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप