संसदीय समिति बैठकमा माधव नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा
नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।
आइतबार संसद सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । समितिको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् ।
दोश्रो पटक संसद पुनःस्थापना भएपछि नेता नेपाल समितिको पहिलो बैठकमा सहभागी भएका हुन् । उनी निर्धारित समयमै बैठकमा सहभागी हुन सिंहदरबार आइपुगेका थिए ।
बैठकमा सांसद विपिन राजभण्डारीले संसद पुनःस्थापनामा नेता नेपाल सहित २२ सांसदले महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले संसदको बाँकी समय विधि प्रक्रिया अनुसार अघि बढाउन आग्रह गरे ।
यस्तै सांसद सुदन किराँतीले अघिल्लो सरकारले गरेको कुकर्मको खेद प्रस्ताव पारित गर्न आग्रह गरे ।
सांसद प्रकाशमान सिंहले समितिको बैठकले यसअघि गरेको निर्णय कार्यान्वयन भएको छ कि छैन हेर्न आग्रह गरे । साथै संसदको बाँकी समय संविधान नियम अनुसार अघि बढाउन आग्रह गरे ।
बैठकमा अघिल्लो सरकारले संसद विघटन गरेकोमा सांसदहरूले खेद ब्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै
-
ललितपुरमा चोरी गर्ने समूह पक्राउ, सुन र मोबाइल पसलका सञ्चालक पनि समातिए
-
दलीय भागबन्डाका लागि ‘चोर बाटोबाट’ विशेषाधिकार समिति गठन
-
सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै
-
प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन् : बाइडेन
-
‘नायक’ को सिक्वेलको तयारी भइरहेको निर्माताद्वारा पुष्टि