निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गर्न माग

निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर न्यायका लागि मानव अधिकारले माग गरेको छ । कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्याको अपराध भएको आज ३ वर्ष पुगेको छ । यतिका समयसम्म पनि अपराधमा संलग्न र संरक्षणकर्ताहरुलाई कानुनी दायरामा नल्याइएको प्रति यस सञ्जालले गम्भीर चासो व्यक्त गरेको छ ।
निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गरी उचित अनुसन्धानबाट दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र आम सर्वसाधारणमा कानुनी शासनको प्रत्याभूत गर्न यो सञ्जालका संयोजक इन्द्र प्रसाद अर्यालले सम्बन्धित सरोकारवालाहरूमा अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ – आपराधिक घटना घटिसकेपछि सम्बन्धित निकायले कानुनी प्रक्रियाबाट घटनाको छानबिन, प्रमाण सङ्कलन र दोषीलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवार निकायहरू दायित्वबाट विमुख भई अपराधी जोगाउने, सर्वसाधारण उपर त्रास पैदा गर्ने, यातना दिने र वास्तविकता सम्म नपुग्ने कार्यले राज्यमा दण्डहीनता मौलाउँदै अपराधी र संरक्षकको मनोबल उच्च हुँदै आपराधिक घटनामा भएको वृद्धिले नेपालको कानुनी शासन, कानुन कार्यान्वयनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा बदनामी हुँदै गएको र हाल सम्म पीडितले न्याय नपाएको कार्य नेपालको प्रचलित फौजदारी कानुन, संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार, कानुन तथा नेपाल पक्ष भएको सन्धि सम्झौता विपरीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म