शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवल निर्देशित ‘दिल चुप छ’ सुरु

आइतबार, १० साउन २०७८, १० : ४०
आइतबार, १० साउन २०७८

नवल नेपालको निर्देशन रहेको सिरियल ‘दिल चुप छ’को प्रसारण सुरु भएको छ । सिरियलको शनिबारदेखि बिएम टिभीबाट प्रसारण भएको हो ।
पारिवारिक र प्रेमकथा समेटिएको सिरियलले दर्शकमा फिल्मको प्यास मेटाउने निर्देशक नवल नेपालले बताए । ‘नेपाली फिल्महरु हलमा नआइरहेको यो घडीमा यो श्रृंखलाले केही हदसम्म फिल्मका पारखीको तिर्खा मेटाउने छ’ निर्देशक नेपालले भने ‘कलाकार तथा प्राविधिक समेत मैले त्यही अनुसार प्रयोग गरेको छु ।’

निर्देशक नेपालका अनुसार वैवाहिक जीवनपछि आउने सुखान्त र दुखान्त दुबै पक्षलाई यो श्रृंखलामा समेट्ने प्रयास गरिएको छ । श्रृंखलामा प्रेमिल जोडीहरुको प्रेममा आइ पर्ने कठिनाइहरुलाई र त्यसले निम्त्याउने घटनाक्रमहरलाई नजिकबाट समेट्ने प्रयास भएको निर्देशन नेपालको भनाइ रहेको छ ।

दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत रहेको सिरियल नवराज गिरी तथा सरस्वती गिरीले निर्माण गरेका हुन् ।

सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल, प्रकाश श्रेष्ठ, बाल कलाकार प्रिन्सी खड्का, प्रतिक गिरी, शिक्षा संग्रौला, सक्षम पुरी लगायतको अभिनय सिरियलमा देख्न सकिन्छ ।

महेश खड्का र मेनका अर्याल नयाँ कलाकारको रुपमा रहेको सिरियल काठमाडौं तथा काभ्रेका सुन्दर लोकेशनमा छायाँंकन भएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप