बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शारीरिक सुगठनका उत्सव सिंह सेमिफाइनलमा प्रवेश

आइतबार, १० साउन २०७८, १० : ०७
आइतबार, १० साउन २०७८

शारीरिक सुगठनका उत्सव सिंह अमेरिकी पत्रिकाले आयोजना गरेको प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । केही समय अगाडि मात्र उनले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिता दुई स्वर्ण पदक प्राप्त गरेका थिए  ।

उक्त प्रतियोगिता टेक्सासमा भएको थियो भने उनी यसरी प्रतियोगितामा सहभागी भै स्वर्ण पदक हात पार्ने नेपाली मूलका पहिलो नेपाली हुन् ।

आगामी जुलाई २९ बिहीबारसम्म अन्तिम सेमिफाइनलको मतदान हुनेछ भने उनले सबै नेपालीलाई मतदान गर्न आग्रह गरेका छन् । मतदान जुलाई २९ ,७ बजे ( प्यासिफिक समय )सम्म रहने छन् ।

 उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार दिइने छ । अमेरिकी पत्रिका (फिचर्ड मसल एण्ड फिटनेस)मा विजेताको तस्बिर  प्रकाशित गर्ने छ ।

टेक्सास राज्यको ड्यालसमा विगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्ख्यौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप