सगरमाथा सिमेन्ट अब २५ के.जी.को हाफ प्याकमा
घोरही सिमेन्ट इन्डस्ट्रीले उपभोक्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओ.पि.सी सिमेन्टमा २५ के.जी.को हाफ प्याक बजारमा ल्याएको छ । यस २५ के.जी.का हाफ प्याक बोरा वितरण प्रणालीमा सहज हुने र स–साना सिमेन्ट संग जोडिएका निमार्णका कार्यहरु गर्न सजिलो हुने कम्पनीको विश्वस्त रहेको छ ।
नेपालको भौगोलिक अवस्थाका कारण विकास निर्माणका काममा आवश्यक सामग्रीहरू सजिलै एक ठाउँबाट अर्को ठाउँमा लान निकै कठिन छ । विशेषतः हिमाली क्षेत्रमा विकास निर्माणका कार्यहरू गर्दा निर्माण सामाग्री ओसार पसारमै लागत तथा समयको बढी खर्च हुने भएकोले निर्माण कार्य बढी खर्चिलो हुने गरेको छ । यसै कुरालाई मध्यनजर गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले सगरमाथा ब्रान्डका कम तौलका सिमेन्टका बोराहरू जसलाई ओसार पसार गर्न सहज, निर्माणमा समेत अनावश्यक खेर कम र निर्माणसमेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ के.जी.को हाफ प्याक सिमेन्ट बजारमा ल्याएको जानकारी कम्पनीले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या