शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायन, नृत्य र अभिनयको ट्यालेन्ट शो आयोजना हुँदै

शनिबार, ०९ साउन २०७८, २३ : ००
शनिबार, ०९ साउन २०७८

एउटै मञ्चबाट गायन, नृत्य र अभिनयको प्रतिभा छान्ने उद्देश्यले मेगा ट्यालेण्ट अनलाइन रियालिटी शो आयोजना हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टी सिरिज इस्टेज वर्क गुहाटी र टी सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा  नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्राइभेट लिमिटेडले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेण्ट हण्ट रियालिटी सो प्रशारण हुने आयोजकले जानकारी दिएको छ । 

डिजिटल पेमेन्ट गेटवे ‘डीजी पे’ मुख्य प्रयोजक रहने कार्यक्रममा तीनवटै विधाका विजेतालाई टी सिरीज इस्टेज वर्क गुहाटीमा काइजेन इन्कको तर्फबाट १० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । मुख्य विजेताले १०० प्रतिशत त्यस्तै उप–विजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

विजेताहरू तथा प्रतिस्पर्धीहरुले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गर्नेछन् । छनौट चरणका ८ सेमिफाइनलका २ र ग्राण्ड फिनालेको १ सहित ११ एपिसोडमा पूरा हुने रियालिटी शोमा विजेताको छनौट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधारमा गरिनेछ । कार्यक्रममा नेपाली र भारतीय चलचित्र र संगीत उद्योगका हस्तीहरूलाई निर्णायकका रुपमा राखिने आयोजक पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप