शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी: जनार्दन शर्मा

शनिबार, ०९ साउन २०७८, २१ : १०
शनिबार, ०९ साउन २०७८

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी परेको धारणा व्यक्त गरेका छन्।  
माक्र्सवादी ज्ञान केन्द्रले बागमती र लुम्बिनी प्रदेशको लागि सुरु गरेको आधारभूत भर्चुअल कक्षा शुभारम्भको अवसरमा बोल्दै नेता प्रभाकरले वैचारिक आदर्शमा स्खलन आएको बताएका हुन्। मन्त्री प्रभाकरले माक्सवादी वैचारिक ज्ञानको धरातल कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै विघटन हुने खतरा पैदा भएको टिप्पणी गरे । मूल नेतृत्वमा मार्क्सवादी वैचारिक आदर्श कमजोर हुनुको परिणामस्वरुप नै शक्तिशाली नेकपा विभाजन हुन पुगेको उनको भनाइ छ । केपी ओलीले माक्र्सवादको अध्ययन गर्नुको सट्टा सुख सागर, रामायण महाभारतको अध्ययन बढी गरेको कारण कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरे । 

कम्युनिष्ट दर्शन भनेको श्रमिक र उत्पीडितहरुको मुक्तिको दर्शन भएको भन्दै उनले नेपालमा कम्युनिष्ट आन्दोलन पुनर्संगठित गर्न नेता कार्यकर्ताहरूले माक्र्सवादको ज्ञान, मार्क्सवादी आदर्श र आचरणमा प्रतिवद्ध रहनुपर्नेमा जोड दिए ।

मार्क्सवादी ज्ञान र आदर्शको अनुशरणले मात्र देशभरका लाखौं युवाहरुलाई परिवर्तन र विकासको काममा परिचालन गर्न सकिने भन्दै उनले वर्तमानको डिजिटल युग सुहाउँदो संगठन बनाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप