बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार सफल र प्रभावकारी बनाउने पाँच दलीय गठबन्धनको निष्कर्ष

शनिबार, ०९ साउन २०७८, २० : २२
शनिबार, ०९ साउन २०७८

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।

‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’, बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अध्यक्ष केसीका अनुसार गठबन्धनका नेताहरूले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्नुपरे गर्न समेत सुझाव दिएको बताए । त्यस्तै गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा सामान्य छलफल भए पनि विस्तृतमा छलफल नभएको नेता केसीले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित जसपाका उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप