कर्णालीमा १२४ जनामा परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि
शनिबार, ०९ साउन २०७८, १९ : ३३

कर्णालीमा शनिबार १२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २६ जनामा र ३३ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शनिबार जुम्लामा सबैभन्दा धेरै कालिकोटमा १४, जुम्लामा १०, मुगुमा ५, दैलेखमा ४,जाजरकोटमा ३ र अन्य ३ जनामा कोरोना देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा अन्य जिल्लाको तुलनामा कालिकोटमा कोरोना संक्रमितहरु बढेको देखिन्छ । यस्तै डोल्पा, हुम्ला रुकुमपश्चिम, सल्यान र सुर्खेतमा शनिबार कोरोना शून्य छ ।
यस्तै प्रदेशमा थप ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या कर्णालीमा २७ हजार ७ सय २८ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
-
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि