प्रदेश १ मा कोरोना : पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु

person explore access_timeसाउन ९, २०७८ chat_bubble_outline0

प्रदेश १ मा गएको पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेका प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  त्यसैगरी प्रदेश १ मा शनिबार १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६ सय ६१ जनाको पीसीआर परीक्षणमा ३ सय ३८ र २ हजार २ सय ८१ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको  मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १ ,१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६७, पथरी शनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २,२ रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १,१, झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेची नगरमा ३, अर्जुन धारामा २, हल्दीबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १,१ जनामा संक्रमण देखिएको छ । 

त्यसैगरी सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराह क्षेत्रमा ३, इनरुवा, हरिनगरा र कोशी गाउँपालिकामा १,१  इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १,१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १,१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबार ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा  कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।