बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले फुटाउने अध्यादेश ल्याए आगो बालिन्छ : महेश बस्नेत

शनिबार, ०९ साउन २०७८, १८ : १२
शनिबार, ०९ साउन २०७८

नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताएका छन् । शनिबार काठमाडौंमा युथ फोर्स भ्याली कमाण्डको घोषणा एवं सपथ कार्यक्रममा बोल्दै उनले एमाले फुटाउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका हुन् । उनले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने उल्लेख गरे । 

उनले युथ फोर्स कुनै बौद्धिक समूहको विरुद्धमा खोलिएको संगठन नभएको बताउँदै चावहिलको भट्टीमा बसेर जाँड खाँदै बौद्धिक अराजकता मच्चाउनेका लागि साइबर सेना परिचालन गरेर ठीक ठाउँमा ल्याउने चेतावनी दिए । उनले माधव नेपाल विरुद्ध पनि युथ फोर्सले केही नगर्ने र माधव नेपाल प्रवृति बिरुद्ध लाग्ने उद्घोष गरे ।

उनले एमालेका सांसदहरु चोर्ने काम गरिरहे, एमाले अध्यक्षको पुत्ला जलाउने काम गरिरहे, एमाले फुटाउन विपक्षी गठबन्धनसँग मिलेर पार्टी फुटाउने अध्यादेश ल्याएमा माधव नेपाल प्रवृत्तिमाथि लाग्ने उल्लेख गरे ।  नेता बस्नेतले छिट्टै मधेश युथ फोर्स र महिला युथ फोर्स गठन गर्ने पनि जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप