शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तिब्बतको हिमनदीमा भेटियो १५ हजार वर्ष पुरानो भाइरस

शनिबार, ०९ साउन २०७८, १७ : ३२
शनिबार, ०९ साउन २०७८


वैज्ञानिकहरूले तिब्बती प्लेटोस्थित हिमनदीबाट ल्याइएको हिउँको नमुना अध्ययन गर्दा यसअघि पहिचान नभएका भाइरसहरू पत्ता लागेको छ । यस क्रममा १५ हजार वर्षसम्म पुराना भाइरसहरू पत्ता लागेका हुन् । 

गुलिया आइस क्यापको शिखरबाट खनेर ओहायो विश्वविद्यालयका वैज्ञानिक तथा माइक्रोबायोलोजिस्टले २०१५ मा दुईवटा हिउँको ढिक्का झिकेका थिए, यो स्थान समुद्री सतहबाट २२ हजार फिट माथि छ । यसपछि अध्ययन टोलीले विश्लेषण गर्दा ३३ वटा भाइरस भेटिए, त्यसमध्ये कम्तिमा २८ वटा भाइरसहरू नयाँ थिए । चिसोका कारण यी भाइरसहरू बाँच्न सफल भएका थिए । 

सम्भवत यो भाइरस माटो वा बिरुवाबाट उत्पन्न भएको हुनसक्छ । मानिस वा जनावरबाट यो भाइरस निस्किने सम्भावनालाई अध्ययनले निकै कम मानेको छ । अध्ययनकर्ताहरूका अनुसार यी भाइरसहरू मानिसका लागि हानिकारक पनि छैनन् । 

हिमनदीमा रहेका यी भाइरसहरूबारे तुलनात्मक रूपमा धेरै कम थाहा छ । तर, जलवायु परिवर्तनका कारण हिउँ पग्लिरहेका बेला यो खोजीलाई निकै महत्त्वका साथ हेरिएको छ । ‘यसले सर्वसाधारणलाई ध्यानाकर्षण गराएको छ,’ अध्ययनमा संलग्न ओहायो विश्वविद्यालयका अर्थ साइन्सेज प्रोफेसर लोन्नी थम्पसनले भने । कोभिड १९ महामारीले माइक्रोबियल समुदायबारे अध्ययन गर्नुको महत्त्वबारे जागरण सिर्जना गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप