शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लाइभ भिडियो बनाउने लोभमा १ सय ६० फिटमाथिबाट खसिन्, अस्पताल पुग्नअघि नै मृत्यु

शनिबार, ०९ साउन २०७८, १६ : ३९
शनिबार, ०९ साउन २०७८

सामाजिक सञ्जालमा लोकप्रिय हुने लोभले एक महिलाको ज्यान गएको छ । सिओक्वियुमे नामकी यी चिनियाँ महिला पेसाले टावर क्रेन अपरेटर थिइन् । कामका सिलसिलामा उनी  १ सय ६० फिटको उचाइबाट लाइभ भिडियो बनाउँदै थिइन्, त्यहाँबाट खसेपछि उनी घाइते भइन् । यति माथिबाट खस्दा पनि मोबाइल फोन भने उनको हातमै थियो । यी महिलालाई तत्कालै अस्पतालतर्फ लगियो । तर बाटोमै उनको मृत्यु भयो । 

१ लाखभन्दा धेरै फलोअर्स 

बेलायती अखबार द सनको रिपोर्ट अनुसार  उनले ‘सिओक्वियुमे’ नामबाट सामाजिक सञ्जालमा एकाउन्ट खोलेकी थिइन् । जहाँ, उनले आफ्नो जीवनका दैनिक गतिविधि तथा क्रेन सञ्चालनसँग जोडिएको भिडियो पोस्ट गर्ने गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा निकै प्रख्यात थिइन् र १ लाखभन्दा धेरै फलोअर्स थिए । 

२३ वर्षकी यी महिला दुई छोराछोरीकी आमा समेत थिइन् । मंगलबार सबै सहकर्मीहरू कामका लागि गएका बेला लाइभ भिडियो बनाउनका लागि क्रेनमा चढेकी थिइन् । यस दौरान उनको खुट्टा चिप्लियो । यद्यपि, मृतक परिवारले यो दाबीलाई अस्वीकार गरेको छ । परिवारले आफ्नी छोरी कामलाई लिएर निकै गम्भीर भएको भन्दै उनले ड्युटीका दौरान भिडियो बनाउन नसक्ने दाबी समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप