बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘भूत’ को डरले बार्दलीमै सुत्छ यो परिवार

शनिबार, ०९ साउन २०७८, १५ : ५०
शनिबार, ०९ साउन २०७८

आफ्नो घरमा भूत आएको भन्दै एउटा फ्रेन्च परिवार बार्दलीमा सानो टेन्ट लगाएर सुत्दै आएको छ । एक महिनादेखि उनीहरु यसरी नै सुतिरहेका छन् ।  गत सेप्टेम्बरमा आफ्ना दुई बच्चाहरुसहित पेट्रिसिया  र डेभिड सी फ्रान्सको रेपलोङ्सस्थित अपार्टमेन्टमा सरेका थिए । पेट्रिसियाका अनुसार यस घरमा सर्नासाथ उनकी छोरीले अनौठा कुराहरु देख्न थालेकी थिइन् । र, केही समयपछि यो अपार्टमेन्टभित्र केही असामान्य गतिविधि भइरहेको छ भन्नेमा पुरै परिवार विश्वस्त भयो । 

अवस्था अति खराब भएपछि उनीहरुले चैनको निन्द्रा पूरा गर्नका लागि बार्दलीमा टेन्ट लगाए । र, एक महिनादेखि उनीहरु यसरी नै बसिरहेका छन् ।  ‘पहिले कालो छायाँ देखिन्थ्यो’ यो दम्पत्तीले फ्रान्सेली पत्रिका ले प्रोग्रेससँग भनेको छ, ‘त्यसपछि आवाज ठूलो हुन थाल्यो । बेला बेलामा बत्ती आफैं जान्थ्यो, टिभी आफैं खुल्थ्यो । बिना कारण फोन आफैं बन्द हुन्थ्यों, भाँडाहरूले अनौठो आवाज निकाल्थें’ यो जोडीले भनेको छ । यस्तो असामान्य गतिविधिपछि यो जोडीले झाँक्री पनि बोलाए । 

यी झाँकीले अपार्टमेन्ट घुमेपछि भने, ‘१९ औं शताब्दीकी एक महिलाको आत्मा यस अपार्टमेन्टमा फाइदामा परेको छ । र, यो आत्माले तिमीहरु अन्यत्रै गएको हेर्न चाहन्छ ।’ र, समस्या यहीं सुरु भयो । प्याट्रिसिया र डेभिडसँग जानका लागि अर्को घर छैन । डेभिड अपांगता भएका व्यक्ति हुन् र फ्रान्सको समाजिक सहायता कार्यक्रम लागू नभएको ठाउँमा जानु उनीहरुका लागि असम्भव छ । अर्कोतर्फ, यस अपार्टमेन्ट उपलब्ध गराउने कम्पनीले यहाँ असामान्य गतिविधि हुने गरेको कुरालाई अस्वीकार गरेको छ । यस कम्पनीले अपार्टमेन्टमा कुनै खराबी नरहेको र यस जोडी आउनुभन्दा अघि नै दुईपटक यसलाई भाडामा दिइसकिएको दाबी गरेको छ । 

प्याट्रिसिया र डेभिडले यस अपार्टमेन्ट स्थल रहेको सोशल पार्कमै अर्को कोठा उपलब्ध गराउन आग्रह गरेका छन् । त्यतिन्जेल सम्मका लागि बार्दलीमा टेन्ट लगाएर सुत्नुबाहेक उनीहरुसँग अर्को विकल्प छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप