मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्न चलचित्र मामिला : राज कुन्द्राको कम्पनीबाट शिल्पाद्वारा राजीनामा

शनिबार, ०९ साउन २०७८, १५ : ४७
शनिबार, ०९ साउन २०७८

पोर्न चलचित्र मामिलामा राज कुन्द्राको गिरफ्तारीपछि मुम्बई प्रहरीको क्राइम ब्रान्चले शिल्पा शेट्टीलाई पनि नोटिस पठाउने अनुमान गरिएको थियो । तर, कुन्द्राको कम्पनी वियान इन्डस्ट्रीजबाट शिल्पाले यसअघि नै राजीनामा दिइसकेको खुलेको छ । शिल्पा कुन्द्राका धेरै व्यवसायमा पार्टनर रहेकी छन् ।

शिल्पा पनि मुम्बई प्रहरीको रडारमा रहेकी छन् । स्रोतका अनुसार पुरा मामिलामा शिल्पाको भूमिका कति छ भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । क्राइम ब्रान्चले कम्पनीको पैसाले शिल्पालाई कुनै प्रकारको लाभ भएको छ कि छैन भनेर पनि खोजी गरिरहेको छ ।

क्राइम ब्रान्चले शिल्पाको बैङ्क खाताको पनि जाँच गरिरहेको छ । यसको साथै क्राइम ब्रान्चले शिल्पाले वियान इन्डस्ट्रीजमा निर्देशकको रूपमा कति समय काम गरिन् भन्ने पनि पत्ता लगाउने प्रयास गरिरहेको छ । प्रहरीले शिल्पालाई पुन सम्पर्क गर्न सक्ने बताएको छ ।

क्राइम ब्रान्चका अधिकारीले वियान इन्डस्ट्रीजमा राखिएको सीसीटीभी फुटेजको पनि अध्ययन गरिरहेको छ । अनुसन्धान टोलीले ती व्यक्तिको पनि खोजी गरिरहेको छ जसले एप्सका लागि डिजिटल कन्टेन्ट होस्ट गर्ने सर्भरबाट डेटा डिलिट गरेका छन् । विज्ञहरू डिलिट गरिएको डेटा रिस्टोर गर्ने प्रयास गरिरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार एक सट्टेबाजी गर्ने कम्पनीबाट कुन्द्राको खातामा ठूलो रकम ट्रान्सफर गरिएको छ । 

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप