शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युथ फोर्सको भ्याली कमाण्ड घोषणा, घोषणासभामा ओली अनुपस्थित

शनिबार, ०९ साउन २०७८, १५ : ३७
शनिबार, ०९ साउन २०७८

नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत  युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् । 

भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले उपत्यकाका विभिन्न स्थानबाट जुलुसहित प्रदर्शन गरेका थिए । जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप