बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कालियन एमबाप्पेले पिएसजीसँग सम्झौता नवीकरण नगर्ने

शनिबार, ०९ साउन २०७८, १५ : ०३
शनिबार, ०९ साउन २०७८

फ्रान्सेली स्टार कालियन एमबाप्पे रियल म्याड्रिड आउने चर्चा लामो समयदेखि चलिरहेको छ । स्पेनिस वेवसाइट मार्काकाअनुसार  पेरिस सेन्ट जर्मनी (पिएसजी) सँग सम्झौता नवीकरण नगर्ने जानकारी उनले प्रशिक्षक माउरिसियो पोचीटिन्होलाई गराइसकेका छन् । 

एमबाप्पे र पिएसजीबीच २०२२ सम्मको सम्झौता छ । एमबाप्पेले क्लबप्रति आफ्नो सम्मान रहेकाले जर्बजस्ती बर्हिगमन नरोज्ने बताइसकेका छन् । यसको अर्थ यस सिजन उनले पिएसजीबाटै खेल्नेछन् ।  यद्यपी, नवीकरण नगर्ने जानकारी दिएर उनले अर्को सिजन नयाँ क्लबमा जाने स्पष्ट सन्देश पनि दिइसकेका छन् । पोचिटिन्हो आफ्ना खेलाडीसँग राम्रो सम्बन्ध राख्छन् । टोट्टेनह्याममा छँदा डेली अली, क्रिष्ट्रियन इरिक्सन र ह्यारी केनलगायत स्टारसँग उनको सम्बन्ध राम्रो थियो । ​

पिएसजीका कतारी मालिकले राम्रो सेवा सुविधा उपलब्ध गराएको भएपनि युरोपेली पावर हाउस क्लबबाट खेल्दै च्याम्पियन्स लिग जित्ने एमबाप्पेको धोको छ । यसअघि २०१९÷२० को सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेर पिएसजी बार्यन म्युनिखसँग पराजित भएको थियो ।  एमबाप्पेलाई भित्र्याउन रियल म्याड्रिड आतुर भएर बसिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप