बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुरु पूर्णिमामा फोटो पत्रकार योग सिक्दै

शनिबार, ०९ साउन २०७८, १४ : १६
शनिबार, ०९ साउन २०७८

आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ ।   

‘गरौँ योग, रहौँ निरोगः मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको योग अभ्यास सिकाउनुभएको समूहका महासचिव प्रदीपराज वन्तले बताए ।

उक्त अवसरमा गुरु रिम्पोछेले पत्रकारलाई नसा, स्वासप्रश्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका आसन सिकाएका थिए । ती आसनले कोरोनाबाट सुरक्षित राख्न मद्दत पुग्ने उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप