‘पूर्वी एसियाको आँखीझ्याल’ पुस्तक सार्वजनिक

दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ हालै सार्वजनिक भएको लेखक चौधरीले जानकारी दिए ।
साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा र कवि निर्भीकजंग रायमाझी र लेखक चौधरी स्वयंले संयुक्त रुपमा हालै सो पुस्तक सार्वजनिक गरेका हुन् । चौधरीका अनुसार पुस्तकमा पूर्वी एसियाका विभिन्न मुलुकमा गरिएको यात्रा तथा त्यहाँ भएको विभिन्न क्षेत्रको विकासका विषयवस्तुलाई पुस्तकमा समेटिएको छ ।
‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी पुस्तकलाई दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएको छ ।
‘पूर्वी एसियाको आँखीझ्याल’ भने चौधरीले आफ्नो मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो । विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल : एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक