शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जय दत्तका छोरा ह्वीलचेयरमा, फ्यानहरु हैरान

शनिबार, ०९ साउन २०७८, १३ : ११
शनिबार, ०९ साउन २०७८

बलिउड अभिनेता सञ्जय दत्त सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । तर पत्नी मान्यता सक्रिय रहन्छिन् । भर्खरैमात्र मान्यताले आफ्नो जन्मदिन धुमधामले मनाएकी छिन् । उनका धेरै तस्बिर सामाजिक सञ्जालमा छाएका छन् । अहिले मान्यताले आफ्ना दुबै सन्तानसँगको तस्बिर शेयर गरेकी छिन् । तर, यी तस्बिर हेरेर समर्थकहरु हैरान छन् । तस्बिरमा सञ्जय र मान्यताका छोरा शहरान ह्वीलचेयरमा बसेको देखिन्छ । मान्यताले शहरानलाई सारा दिइरहेकी छिन् । के कारणले शहरानलाई चोट लाग्यो भन्नेबारे केही उल्लेख गरिएको छैन ।

मान्यताले आफ्नो ४२ औं जन्मदिन मनाएकी हुन् । उनले जन्मदिनका अवसरमा आफुलाई बधाई दिनेहरुलाई धन्यवाद् दिएकी छिन् । सञ्जय दत्तसँग बिहे हुनअघि मान्यताले बी ग्रेडका सिनेमामा काम गर्थिन् । २००८ मा उनले सञ्जय दत्तसँग बिहे गरिन् । २०१० मा उनले जुम्ल्याहा छोराछोरीलाई जन्म दिइन् । बिहेपछि उनी फिल्मी दुनियाँबाट टाढिएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप