प्रचण्ड र नेपालबीच भेटवार्ता, देउवासँग पनि छलफल

person explore access_timeसाउन ९, २०७८ chat_bubble_outline0
फाइल फोटो

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शनिबार बिहान नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले एमाले र सत्तासीन गठबन्धनको दोबाटोमा रोकिएका नेता नेपालसँग करिब एक घण्टा कुराकानी गरेका थिए ।

एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहेका सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आज छलफल गरेका थिए । सरकार बनेको  १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

गठबन्धनसँग आबद्ध एमालेको माधव र जसपाको उपेन्द्र पक्षले समय मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको देखिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।