
चीन र अमेरिकाबीच फेरि बढ्यो तनाव : अमेरिकी वाणिज्य मन्त्रीमाथि चीनको प्रतिबन्ध

चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा गरेको हो । बाइडेन प्रशासनले चीनको यस फैसलालाई ‘निरर्थक’ र ‘निराशावादी’ करार गरेको छ ।
अमेरिकीले हङकङमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध त्यस क्षेत्रमा भएको कारबाहीमा उनीहरूको कथित भूमिकालाई लिएर लगाएको थियो । अमेरिकाले हङकङमा कारोबार गर्ने आफ्नो नागरिकलाई मौजुदा खतराबारे चेतावनी पनि दिएको थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ