शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गिग्सको अध्यारो पक्ष : कहिले बुहारीसँग अवैध सम्बन्ध, कहिले दिदी बहिनीमाथि ​दुर्व्यवहार

शनिबार, ०९ साउन २०७८, १२ : ५९
शनिबार, ०९ साउन २०७८

रायन गिग्स सुन्दर फुटबल खेल्थे । तर, उनको आचरण कपटी र कुरुप छ । वेल्सका यी पूर्व स्टारमाथि पूर्व प्रेमिकालाई नग्न अवस्थामा होटलको कोठाबाहिर निकालेको आरोप लागेको छ । त्यसअघि उनले ती प्रेमिकालाई ढाडमा लात्तीले हानेका थिए । म्यानचेस्टर क्राउन अदालतमा सुनुवाइका क्रममा सोमबार यस्तो आरोप लागेको हो ।

उनीमाथि प्रेमिकाका साथीभाई तथा रोजगारदातालाई धम्क्याएको आरोप पनि छ । पूर्व प्रेमिका र प्रेमिकाकी बहिनीमाथि दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार गिग्समाथि गत वर्षको नोभेम्बर १ मा ३६ वर्षीया प्रेमिका ग्रेभिल्लीमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो । ४७ वर्षीय यी स्टारमाथि केटकी बहिनी इम्मा ग्रेभिल्लीमाथि पनि दुव्यवर्हार गरेको आरोप छ, उनले दुर्व्यवहारबारे नबोल्न इम्मालाई धम्की पनि दिएका थिए ।

सुनुवाइका क्रममा गिग्सले यी सबै आरोपको खण्डन गरेका छन् । उनीमाथि लागेको धम्की, दुर्व्यवहारको आरोपबारे फैसला आउन भने बाँकी छ ।

सन् २०११ मा उनकै बुहारी नताशाले अवैध सम्बन्धको आरोप लगाएकी थिइन् । नताशाका अनुसार गिग्सका भाई रोड्रिसँग बिहे हुनअघिदेखि नै उनी गिग्ससँग डेट गरिरहेकी थिइन् । गिग्सले आफ्नी पत्नी र भाईलाई आठ वर्षदेखि ढाँटेर यस सम्बन्ध राखिरहेको खुलासा नतासाले गरेकी थिइन् । यस खुलासापछि रोड्रि र नतासाको डिभोर्स भएको थियो ।

हाई प्रोफाइल फुटबलर
फुटबल दुनियाँमा रायन गिग्सको स्थान उच्च छ । उनी आफ्नो पुस्ताकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन् ।  जीवनभर उनले म्यानचेस्टर युनाइटेडबाट मात्रै खेले । यस क्लबका लागि उनले ६ सय ७२ खेलमा १ सय १४ गोल गरे । उनले वेल्सका लागि ६४ खेलमा १२ गोल गरेका थिए । सन् २०१८ यता उनी वेल्सको फुटबल टिमका प्रशिक्षक छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप