शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनकी याङ कियनले जितिन् टोकियो ओलम्पिकको पहिलो स्वर्ण

शनिबार, ०९ साउन २०७८, १२ : ५७
शनिबार, ०९ साउन २०७८

टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक चीनियाँ सुटर याङ कियनले जितेकी छिन् । मुखमा मास्क लगाएकी यी खेलाडीले आफ्नो स्वर्ण आफैंले गलामा झुन्ड्याइन् । विगतका संस्करणहरुमा विजेतालाई विशिष्ट अतिथीहरुले पदक पहिराइदिन्थें । तर यसपटक कोरोना भाइरसका कारण नियम परिवर्तित भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले किस्तीमा हालेर मेडल उनलाई हस्तान्तरण गरे । र, उनले त्यो मेडल आफैंले पहिरिइन् । जारी ओलम्पिकमा खेलाडीहरुले आफैं मेडल झुन्ड्याउनेछन् ।

याङले १० मिटर राईफलतर्फको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । तर, यस खेल हेर्नका लागि सर्वसाधारणलाई प्रवेश थिएन । खेलको भेन्युमा रक म्युजिक बजिरहेको थियो र चिनियाँ ओलम्पिक टोलीका कर्मचारीहरु याङलाई बधाई दिन उपस्थित थिए । निकै कडा प्रतिस्पर्धामा रुसकी अनास्तताशिया गालासिन्हालाई अन्तिम राउन्डमा हराएर उनले स्वर्ण जितेकी हुन् । ‘म यो जीतबाट अत्यन्तै खुसी र गर्वित छु’ २१ वर्षीय याङले भनिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप