बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई महाराजाधिराज भनेकोमा प्रचण्डले माधव नेपाललाई धन्यवाद दिए

शनिबार, ०९ साउन २०७८, १२ : ४१
शनिबार, ०९ साउन २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई महाराजाधिराज भनेकोमा माधव नेपाललाई धन्यवाद दिएका छन् । 

शनिवार पार्टी कार्यालय पेरिस डाँडामा भएको नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले ओली प्रतिगमनको नाइके भएको र आफूलाई राजा महाराजा ठान्ने अवस्थामा पुगेको बताए । ओलीले माधव नेपाल सहितलाई आम माफी घोषणा गरेकोमा नेता नेपालले निकै राम्रोसँग व्यङ्ग्य गरेको भन्दै धन्यवाद दिए । उनले भने–‘माधवजीले हिजो महाराजाधिराजले हामीलाई आम माफी दिइबक्सेछ अब हामी खुसीले नाच्ने हो कि भनेर कस्तो मिठोसँग व्यङ्ग्य गर्नुभएछ । उहाँले सटिक व्यङ्ग्य गर्नुभयो, मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’ 

गत साउन ३ गते प्रतिनिधि सभामा शेरबहादुर देउवालाई नेता नेपालसँगै एमालेका २२ सांसदले विश्वासको मत दिएपछि ओली पक्षले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नदिँदै ओलीले आममाफीको घोषणा गरेका थिए । 

प्रचण्डले आज बिहान मात्रै माधव नेपालसँग भेटवार्ता गरेको बताउँदै ५ दलीय गठबन्धन आजका दिनसम्म कायमै रहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप