भारतको महाराष्ट्रमा आएको बाढीमा १३६ जनाको मृत्यु, ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
भारतको महाराष्ट्र राज्यमा बिहीबारदेखि शनिबारसम्म पनि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण विभिन्न घटनाहरु परी १३६ जनाको मृत्यु भइसकेको छ ।
वर्षाका कारण ठाणे, रायगढ, रत्नागिरी, सतारा, सांगली र कोल्हापुर गरी विभिन्न जिल्लाहरुका ८ हजार प्रभावितको उद्धार गरिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार २०० भन्दा बढी जिल्लाका प्रमुख इलाकासँग सम्पर्कविच्छेद भएको छ ।
गोवादेखि महाराष्ट्र इलाकामा अगामी दुई दिनसम्म ‘रेड अलर्ट’ जारी गरिएको छ । ६ जिल्लामा एनडिआरएफको १८ वटा टिम तैनाथ गरिएको छ । ८ टिम सतर्क अवस्थामा छन् । २ टिम रायगढमा आएको पहिरोबाट भएको क्षतिमा उद्धारमा जुटिरहेका छन् । यसका साथै, रायगढमा नेवी र कोल्हापुर, रत्नागिरीमा आर्मीको मद्दतमा रेस्क्यु अपरेशन चलाइएको छ ।
कोंकण रुटमा रेल सञ्चालन
कोल्हापुरको केही क्षेत्र अन्तरगतका सडकमा पानी भरिएको छ । कोंकण रेल मार्गमा शनिबारदेखि रेल सञ्चालन भएको छ ।
रायगढमा मृत्यु हुनेको संख्या ४४ पुग्यो
भारी वर्षाका कारण महाराष्ट्रको रायगढ जिल्लामा आएको पहिरोमा परी मर्नेको संख्या ४४ पुगेको छ । शुक्रबार तलाई गाउँबाट ३२ शव निकालिएको छ ।
पोलाडपुर पहिरोमा ६ को मृत्यु
रत्नागिरीको पोलाडपुर तालुकाको गोवेले पञ्चायतमा बिहीबार गएको पहिरोमा १० घर पुरिएको थियो । उक्त पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । १० जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, पाटन पहिरोमा ३० जना बेपत्ता भएका छन् । ३०० को उद्धार गरिएको छ भने उधर, चिपलुनको कोभिड अस्पतालमा पानी भरिएपछि ८ बिरामीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल