ट्राफिक प्रहरीलाई १५ सय घुस दिन खोज्दा...

person explore access_timeसाउन ९, २०७८ chat_bubble_outline0
सांकेतिक तस्बिर

ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना हिरासतमा पुगेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको अस्थायी ट्राफिक पोष्ट सुब्बा कुनामा सावरी चेकजाँचका क्रममा  एक हजार पाँच सय घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

सुर्खेतदेखि नेपालगन्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाइकल चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ। ‘ चेकजाँचका क्रममा बिल बुक नभएको र  उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 

पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका–३ का २५ वर्षीय नरेन्द्र नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कमल नेपालीले रहेका छन् । उनीहरूलाई ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठाएको बताएको छ। 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।