भारतीय नोट सहित दुई जना भारतीय नागरिक पक्राउ

person explore access_timeसाउन ९, २०७८ chat_bubble_outline0

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।

एक प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक नविनराज राईका अनुसार शुक्रबार साँझ  भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान  सहित उनीहरूलाई  नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।