बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व पत्नीसँग टेबुल टेनिसमा रमाउँदै आमिर

शनिबार, ०९ साउन २०७८, ०९ : ५७
शनिबार, ०९ साउन २०७८

आमिर खानले किरण रावसँग डिभोर्स गर्ने घोषणा गरेको धेरै समय भएको छैन । यो चर्चा सेलाउन नपाउँदै आमिर र किरण सुटिङमा एकसाथ समय बिताइरहेको खबर सार्वजनिक भएको छ । लाल सिंह चड्डा फिल्मको सुटिङ सेटका केही तस्बिरहरू भर्खरै बाहिरिएका हुन् । आमिरको नयाँ फिल्मको सुटिङ लद्दाखमा चलिरहेको छ । यस सुटिङका दौरान पूर्व पत्नी किरण राव र छोरा आजाद पनि आमिरसँगै छन् । स्रोतका अनुसार लाल सिंह चड्ढाको फिल्म युनिटले एक टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ आमिरदेखि टिमका अन्य सदस्य र बालबालिकाले पनि सहभागिता जनाए । 

सेटका केही तस्बिरहरू बाहिरिएका छन् । एउटा तस्बिरमा आमिरले छोरा आजादलाई हौस्याउँदै गरेको देखिन्छ । अर्कोतर्फ किरण रावले छोराको खेल हेरिरहेकी छिन् । अर्को, एक तस्बिरमा आमिरले नै किरणसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ । 

यसअघि पनि आमिर र किरणका केही भिडियोहरू भाइरल भएका थिए । जहाँ, यो पूर्व जोडीले लद्दाखको परम्परागत पहिरन लगाउँदै स्थानीय नृत्य सिकिरहेको देखिन्थ्यो । 

लाल सिंह चड्ढामा आमिर खान र करीना कपूर मुख्य भूमिका छन् । यो जोडी थ्री इडियट्समा पनि एकसाथ देखिएको थियो । लाल सिंह चड्ढा हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो, यसलाई वर्षको अन्त्यमा रिलिज गर्ने लक्ष्य राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप