
लोकस–२०२१ ले सुरु गर्यो भर्चुअल रुपमा क्वान्टम कम्प्युटिङ वर्कशप

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा १८ औँ नेशनल टेक्नोलोजिकल फेस्टिभल सञ्चालन भइरहेको छ । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त पहलमा सञ्चालमा ल्याएको संस्था लोकसको आयोजनामा उक्त फेस्टिभल भइरहेको छ ।
उक्त फेस्टिभलमा क्वान्टम कम्प्युटिङको वर्कसप सञ्चालन भइरहेको छ । वर्कसप ७ दिनसम्म सञ्चालन हुनेछ । वर्कसपमा डाटा साइन्टिस्ट र रिसर्च साइन्टिस्टले प्रशिक्षण दिने छन् ।
उक्त प्रशिक्षण अमेरिकामा रहेको एसोसियसन अफ नेपाली फिजिसिस्ट (एएनपिए) सँग सहकार्य गरेर लोकसले प्रशिक्षण गर्नेछ । भने, यो प्रशिक्षणका लागि नेपाल फिजिकल सोसाइटी र क्वान्टम एनालाइटिक्सले सहयोग रहेको लोकसका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श बोहराले बताए ।
प्रशिक्षणमा क्वान्टम कम्प्युटिङ, क्युबिट, मल्टि क्युबिट सिस्टम, सुपोर्पोजिसन र इन्ट्याङ्लेमेन्ट क्वान्टम एल्गोरिथम्स्, एड्भान्स क्वान्टिम एल्गोरिथम्स् आदि सिकाइनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ