एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

person explore access_timeसाउन ९, २०७८ chat_bubble_outline0

अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो । 

‘घटनास्थलमा प्रहरी टोली पुग्दा तीन जना मिलेर कुटपिट गरिरहेको पाइयो,’उनले भने, ‘त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ।’  तीन जनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी–९ बाट श्रेष्ठलाई नियन्त्रणमा लिएर अपहरण गरी सिटी सफारीमा राखेर फूलबारी टोलमा पुर्याएका थिए। रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपीको थापाको भनाइ छ ।

उनका अनुसार भोलिपल्ट अर्थात शुक्रबार बिहान थापाको कोठाबाट हिँडाउँदै केही पर लगेर कुटपिट गरेको पाइएको प्रहरीले बताएको भनाई छ । 

‘अपहरणपछि बन्धक बनाएर कुटपिट गरिरहेको अवस्थामा घटनामा संलग्न तीन जनालाई पक्राउ  गरियो,’ थापाले भने,‘प्रहरीले पीडितको उद्धार पनि गरेको छ ।’  प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । पक्राउ परेका तीनै जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीका आधारमा मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।