शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आज बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

शनिबार, ०९ साउन २०७८, ०७ : ३६
शनिबार, ०९ साउन २०७८

मौसम पूर्वानुमान महाशाखाले आज देशभर केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ । 

महाशाखाले आज पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 

मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । भने, आज बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप