अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो।
मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोभिड–१९ विरुद्ध लगाएको खोप प्रमाणीकरण पत्र लिएर मात्र जान सुझाएको छ। यस्तो पत्रको कुनै शुल्कसमेत नलाग्ने मन्त्रालयले स्पष्ट पारेको छ।
लगातार दुई दिन प्रमाणीकरण पत्र लिनेको भिड लागेपछि शुक्रराज सरुवा रोग अस्पतालले शुक्रवार थप काउन्टर नै बढाएर सेवा दिएको जनाएको छ। भिड बढेपछि ४८ घन्टाभित्र उडान निश्चित भएकाका लागि मात्र छिटो प्रमाणीकरण पत्र दिने व्यवस्थासमेत गरिसकेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर