बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको हेनान प्रान्तमा बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

शुक्रबार, ०८ साउन २०७८, २३ : ४५
शुक्रबार, ०८ साउन २०७८

चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ ।

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्नसक्ने देखिएको छ ।

भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहाँ थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।  आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीय समेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसुकेको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप